नेप्से परिसूचकमा सामान्य गिरावट
काठमाडाैं | माघ १२, २०७९
काठमाडौं: सेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ०.३५ अंकले घटेर २१८३.२७ अंकमा बन्द भएको छ ।
नेप्सेमा सामान्य उतारचढाब देखिए पनि खरिदकर्ता र विक्रीकर्ता दुबै हाबी हुन नसक्दा बजार परिसूचक स्थिर जस्तै देखिएको हो ।
सेयर बजारमा लाभांश सिजन सकिए पछि लगानीकर्ता निष्कृय बन्दै गएको छ । तर, बैंकिङ प्रणालीमा तरलता सहज बन्दै जाँदा बजार बढ्ने अपेक्ष पनि लगानीकर्तामा देखिन्छ ।
बिहीबार नेप्सेमा बैंकिङ, विकास बैंक, लघुवित्त, वित्त कम्पनी र उत्पादनमुलक उपसूचकमा गिरावट हुँदा बीमा, हाइड्रोपावर र व्यापार उपसूचक बढेको छन् ।
नेप्सेसँगै बिहीबार कारोबार रकम पनि घटको छ । ७७ लाख ६४ हजार १५३ कित्ता धितोपत्र किनबेच हुँदा २ अर्ब ८६ करोडको कारोबार भएको हो । जसमध्ये समृद्धि फाइनान्सको ९ करोड ७१ लाखको सेयर कारोबार हुँदा रिडी हाइड्रोपावरको ८ करोड ६२ लाख आँखु खोला जलविद्युत कम्पनीको ७ करोड ३९ लाखको कारोबार भएको छ ।
बिहीबार नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार हुँदा १०१ कम्पनीकोृ सेयरमूल्य बढेको छ भने १०७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । बिहिबार कारोबार भएकामध्ये लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त, बाराही हाइड्रोपावर र सुर्यज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
यता समृद्धि फाइनान्सको सेयरमूल्य ७.६८ प्रतिशतले गिरावट हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.५ प्रतिशतले घटेको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

